विश्वमा निर्वाचनः सर्वाधिक चर्चित चर्चिलको त्यो पराजय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विश्वमा निर्वाचनः सर्वाधिक चर्चित चर्चिलको त्यो पराजय

लन्डन। बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिल विश्वका सर्वाधिक शक्तिशाली र प्रभावशाली राजनीतिज्ञमध्ये एक थिए । उनको लोकप्रियता बेलायतमा मात्र नभएर सम्पूर्ण विश्वभर फैलिएको थियो । बेलायतलाई दोस्रो विश्वयुद्धबाट पार लगाउन उनले सक्दो प्रयास गरेका थिए । विश्वयुद्धको अन्त्यति चर्चिलको दूर दृष्टिको वाहवाही गरिएको थियो । तर, विश्वयुद्धपछि भएको निर्वाचनमा उनले नराम्रो पराजय चाखेका थिए । उनको हारले बेलायतका धेरै मानिस चकित परेका थिए । लाखौँको ज्यान गएको विश्व युद्धको समयमा आफ्नो देशको सफलतापूर्वक नेतृत्व गरेका चर्चिल सन् १९४५ को निर्वाचनमा नमिठो पराजय चाखेका थिए । चर्चिल क्लेमेन्ट एट्लीसँग हार खाएका थिए ।

चर्चिललाई नायकको रूपमा प्रशंसा गरेका मानिसहरूले एट्लीलाई मतदान गरेको कुरा पत्ता लगाउदा चर्चिलको पार्टी छक्क परेको थियो । चुनावले बेलायतको राजनीतिलाई भने नयाँ नयाँ दिशातर्फ लगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);