के भयो बालुवाटार बैठकमा, के भन्यो मोर्चाले, अब के हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

के भयो बालुवाटार बैठकमा, के भन्यो मोर्चाले, अब के हुन्छ ?

सात दिन भित्र स्थानीय तहको निर्वाचनका सम्पुर्ण कार्यक्रम फिर्ता लिन मधेसी मोर्चाको माग, निर्वाचन प्रक्रिया फिर्ता नलिइए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी सत्तारुढ कांग्रेस–माओवादी सहित मधेसी मोर्चाको बैठक जारी, सप्तरी घटना पछिको राजनीतिक अवस्थाका बारेमा छलफल केन्द्रीत

के भयो बालुवाटार बैठकमा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सात दिन भित्र स्थानीय तहको निर्वाचनका सम्पुर्ण कार्यक्रम फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै मोर्चाले निर्वाचनका सम्पुर्ण कार्यक्रम फिर्ता लिन माग गरेको हो ।

मोर्चाका नेता लक्ष्मणलाल कर्णले तत्काल निर्वाचनको सम्पुर्ण कार्यक्रम फिर्ता नलिइए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभयो ।

मोर्चाले स्थानीय तहको निर्वाचनका सम्पुर्ण कार्यक्रम रद्द गरि संविधान संशोधन प्रस्ताव पारित गराउनुपर्ने माग राखेको हो ।

यस्तै सबैभन्दा पहिला केन्द्र र प्रादेशीक चुनाव गराउन स प्रदेश सभाले स्थानीय तहको चुनाव गराउनुपर्ने मोर्चाको घारणा रहेको उहाँले बताउनुभयो ।

Leave a Reply