विजयी उत्सवमा कसैलाई गाली नगर्न एमाले नेता गोकर्ण विष्टको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, २७ मंसिर । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गरेका छन् ।

निर्वाचित भइसकेपछि बुधबार मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेका विष्टले सोही क्रममा विजय उत्सवमा लगाइने नारा तथा भाषणमा कसैलाई गाली नगर्न आग्रह गरेका हुन् । आफू जनप्रतिनिधि भएको भन्दै विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गरे । उनले अबको पाँच वर्षमा आफ्नो निर्वाचन क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने दाबी समेत गरे ।

चुनावी प्रतिबद्धतामा जिल्लाभित्र रहेको बाटो, खानेपानी, शिक्षा, विद्युत लगायतका विकासका पुर्वाधारलाई आफूले प्राथमिकतामा राखेको बताउँदै यो जितले थप जिम्मेवारपनको अझ बढी बोध गराएको स्पष्ट पारे ।
अब जिल्लाका विकासका काम गरेर पुन आउदाँ भोट माग्न नपर्ने स्थितीको सिर्जना गर्ने प्रतिबद्धता पनि नेता विष्टले गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);