मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा

सुर्खेत।  ४ म‌ंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री  ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ। उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो । हिमपातले न्यालु लेख  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त  निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र  निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);