फरार अभियुक्तको सूचीमा रहेका रेशम चौधरी कैलाल-१ बाट विजयी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

कैलाली, २६ मंसिर । प्रहरीको फरार सूचीमा रहेका राजपाका उम्मेदवा रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विपरित झण्डै २१ हजारको फराकिलो अन्तरले निर्वाचित भएका छन् ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह ९गरिमा०ले १३ हजार ४०६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ छ ।

कांग्रेसकी इश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २०३ छ ।

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

यसैगरी प्रदेशसभा तर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेका छन् । क्षेत्रनम्बर १ (क) मा राजपाका १२ हजार १८४ मतसहित प्रदेशसभामा विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाएका छन् ।

यसैगरी क्षेत्रनम्बर १ (ख)मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४३४ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु ९चौधरी०ले ८ हजार ९०६ मत पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);