उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् । दुर्घटनामा परी गम्भिर घाईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ताजा समाचार
चार कारोबार दिनपछि शेयर बजार सामान्य बढ्यो
१ घन्टा अघि
जारी शैक्षिक आन्दोलनको सन्दर्भमा
४ घन्टा अघि
आज लोकतन्त्र दिवस
७ घन्टा अघि
एमालेको ‘युथ सेलिब्रेसन’ आज
७ घन्टा अघि
आजदेखि विश्व खोप सप्ताह शुरू
७ घन्टा अघि