करेन्ट लाएर माछा मार्न खोज्दा दाङमा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

करेन्ट लाएर माछा मार्न खोज्दा दाङमा एक जनाको मृत्यु

death

काठमाडौं । विद्युत तारबाट ‘हुक’ गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर माछा मार्ने क्रममा हसनापुर गाउँका २० वर्षीय विपीन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गाउँका २० वर्षीय सर्वन बुढा, २२ वर्षीय अर्जुन बिक र ४० वर्षीय भोला डिसी सँगै माछा मार्न गएका थिए ।

उनीहरूले खोलामाथिको नांगो तारमा तार बल्झाएर करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गरेका थिए। सोही क्रममा विपीनलाई करेन्ट लागेर मृत्यु भएको थियो । घटनापछि अर्जुन र भोला फरार छन् । सँगै माछा मार्न गएका सर्वनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);