नुवाकोटमा भत्कियो कांग्रेसको गढ, डा. रामशरण महत पनि पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नुवाकोट, २४ मंसिर । नेपाली कांग्रेसको पकट क्षेत्र मानिएको नुवाकोट क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसले पराजय भोग्नु परेको छ ।

नुवाकोट काँग्रेसका प्रभावशाली नेता तथा काँग्रेसबाट प्राय सदाबहार अर्थमन्त्री डा. रामशरण महतको निर्वाचन क्षेत्र हो ।

यो क्षेत्रमा कांग्रेस नेता महत माओवादी केन्द्रका हितबहादुर तामाङसँग ८ हजार ५ सय ५३ मतको फराकिलो मतअन्तरले पराजित भएका छन् ।

यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी भए भने कांग्रेस नेता महतले २७ हजार ९ सय २० मत प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);