बारा । आगामी मंसिर ४ मा हुँने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बारा क्षेत्र नम्बर १ मा चुनावी सदगर्मी बढेको छ । राजनीतिक दलका नेताहरु तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिइरहँदा आफ्नों जित सुनिश्चित रहेको नेताहरुले बताउँदै आएका हुँन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६ स्वतन्त्र समेत गरी १८ जनाको उम्मेदवारी परेको छ । नेताहरु आफ्नों साख जोगाउँने रणनीतिमा लागि परेका छन् । तर, कसको पलरा भारी होला त्यो हेर्न भने बाँकी नैं छ ।
उमाकान्त चौधरीलाई सत्ता गठबन्धनको भरोसा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी लगातार निर्वाचनमा ३ पटक जित हात पारी सकेका छन् । मंसिर ४ मा समेत आफ्नों जित हासिल गरेर चौथो पटक बिजयी हुँने दाउमा छन्, तर यो पटक उनको बिजयी यात्रा रोकिने लगभग तय भएको छ ।
यस क्षेत्रका जनताले ३ पटक उनलाई बिजयी गराएर पठाए, चौधरी पटक पटक मन्त्री समेत बने । हाल उनी बाहाल वाला खानेपानी मन्त्री समेत हुँन् तर, उनले यस भेगमा भने खासै काम गरेनन् । १५ वर्ष संसद हुँदा होस् या मन्त्री हुँदा उनी केवल आफ्नों निजि स्वार्थ पुरा गर्न लागेको स्थानीयको भनाई रहेको छ । यता, नेकपा एमालेका पोलिटव्युरो सदस्य अच्युत प्रसाद मैनाली जसपासँगको तालमेलमा निर्वाचनमा होमिएका छन् ।
मैनाली यस पटक आफ्नों शाख फर्काउँने ध्याउन्नमा छन् । जिल्ला मैं ठूलो दलको रुपमा रहेको नेकपा एमाले र जसपासँगको तालमेलका कारण मैनालीको यो पटक जित सुनिश्चित देखिन्छ । यस अघि प्रतिनिधिसभा सदस्य चुनावमा चौधरीसँग निर्वाचनमा २ हजार ४ सय मत हार खाएका मैनाली यस पटक विजयी हुँने दाउमा छन् । पहिले पटक गत २०७४ मा पराजित भएका मैनालीले यो पटक निर्वाचन जितेर उनी जितको पहिलो पटक खाता खोल्ने दाउमा रहेका छन् । अघिल्ला निर्वाचनमा हार व्यहोर्न परेता पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विजयी हुँने उनको दाबी छ ।
यस क्षेत्रमा उमाकान्त चौधरीलाई तीन पटक जनताले बिजयी बनाए । उनी पटक पटक संसद र मन्त्री समेत बने तर, चौधरीले यस क्षेत्रको बिकासमा भने कुँनै चाँसो दिएनन् । चुनाबमा जित हात परेर काठमाण्डाैं गएका चौधरी बिरलै यस क्षेत्रमा देखा पर्थे । यो निर्वाचनमा चौधरीले बेच्दै आएको जातिय नारा समेत काम नगर्ने स्थानीय बताउँ छन् । “अब कसैले उमाकान्तलाई चाहेका छैनन्, जनता नयाँ अनुहार हेर्न चाहान्छन्, कोल्हवीका ६० वर्षिय उमाशंकर चौधरी भन्छन, बिधायक बनाएर धेरै पटक हामीले यहाँबाट पठाएकै हो, तर उहाँले यहाँका जनताका निम्ती कहिले सोच्नु भएन । केही पैसामा भोट किनेर चुनावमा जित हासिल गर्ने सोचमा यो पटक समेत चौधरी देखिन्छ । तर, अब जनता नयाँ मुहार हेर्न आतुर छन् ।” उनले भने ।