कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा हिजो बेलुकी गाडामा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । दुर्घटनामाा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना रहेका छन् ।

गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ ।

बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे बिपरित दिशाबाट आउँदै गरेको गाडामा ठोकिएको इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);