श्याम गुप्ता, २१ फागुन बारा ।
हिजो आज अर्गानिक खेतीको आकर्षण बढ्दै गएको छ । अर्गानिक तरकारीमा सर्वसाधारणको आकर्षण बढेपछि कृषकहरु पनि उत्साहित बन्दै गएका छन् । बाराको गढीमाई नगरपालीका नगौलका खड्गभक्त पौडेलले सरकारी जागिर छोडेरै आफूलाई अर्गानिक खेतीमा सक्रिय बनाएका छन् ।
बाराको गढीमाई नगरपालिका नगौलका खड्गभक्त पौडेलले अहिले चार बिगाह क्षेत्रफलको जग्गामा आँफैले बिभिन्न प्रकारका तरकारी लगाएका छन् । उनी बिगत तीन बर्ष देखी सरकारी जागीरबाट बिदा लिएर तरकारी खेतीमा लागेका हुन् । उनले अहिले तरकारीमा बिशेष गरी बिषादी रहित राजमा, टमाटर, आलु खेती, गहुँ, मुसुरो खेती गरेका छन् ।
सरकारी सेवाको धेरै बर्षको अभ्यासबाट ‘जिवात’ अध्ययनमा निकै सफलता मिलेको बताउँदै उनले स्थानीय स्तरबाटै तरकारी तथा अन्य बालीनालीका बिउ उत्पादन समेत गर्ने गरेका छन् । उनले आफ्नैं अनुसन्धानबाट जिवातु नाम गरेको बाली भिटामिनको समेत एक कम्पनीलाई उत्पादनको जिम्मा दिएका छन् । कृषि क्षेत्रमा मुनाफाका लागी भन्दा पनि आर्गेनिक प्रवर्धनका लागी उदाहरणीय बन्न चाहेको उनको भनाइ छ ।
कृषि क्षेत्रमा रसायनिक मलको प्रयोगले एक दिन कृषि योग्य जमिन मरुभुमिमा परिणत हुने भयावह अवस्थाबाट नेपालीहरुले बेलैमा बिचार पु¥याउनु पर्ने आवश्यकता देखिन्छ ।