नेकपा एमालेले झापाको काकंडभिट्टाबाट मेची महाकाली राष्ट्रिय अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

नेकपा एमालेले झापाको काकंडभिट्टाबाट मेची महाकाली राष्ट्रिय अभियान सुरु

शम्भु दाहाल
झापा, फाुगनु २१ । संविधान कार्यान्वयन र निर्वाचनको माहोल तयार गर्न नेकपा एमालेले झापाको काकंडभिट्टाबाट मेची महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश नम्बर १ संयोजक भीम आचार्यलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शनिबार अभियानको उद्घाटन गर्नुभयो । अभियान उद्घाटनमा

एमालेको मेची–महाकाली अभियान

शम्भु दाहाल
झापा, फाुगनु २१ । संविधान कार्यान्वयन र निर्वाचनको माहोल तयार गर्न नेकपा एमालेले झापाको काकंडभिट्टाबाट मेची महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश नम्बर १ संयोजक भीम आचार्यलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शनिबार अभियानको उद्घाटन गर्नुभयो । अभियान उद्घाटनमा एमाले नेताहरुले अभियानले स्वाभिमान, राष्ट्रिय एकता र मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वय र निर्वाचन हुन नदिने प्रयासलाई परास्त गर्दै अभियानले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न मद्धत गर्ने बताउनु भयो । भुगोल र जातका नाममा देशलाई विखण्डन गर्ने शक्ति अहिले पनि क्रियाशिल रहेको भन्दै ओलीले मुलुकको रक्षा र स्वतन्त्रताका लागी अभियान सञ्चालन गरिएको बताउनुभयो । अभियान कुनै जाती विशेष नभएकोले शान्तिपूर्ण हुने भन्दै ओलीले कसैले फुर्ती लगाए एमालेलाई मान्य नहुने बताउनुभयो ।

ओलीले संविधान संसोधन प्रस्ताव संविधानको विरुद्धमा भएको दोहो¥याउदै कुनैपनि सर्तमा पास नहुने दाबी गर्नुभयो । त्यस्तै, एमाले महासचिव इश्वर पोखरेलले अभियान सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउन चाहनेहरु विरुद्धको उद्घोष भएको बताउनुभयो । निर्वाचन गराएर संविधान कार्यान्वयन गराउन एमाले अभियानको साथ अघि बढेको उहाँको भनाई छ । त्यस क्रममा अभियान रोक्ने प्रयास भए एमालेले त्यसको कडा प्रतिवाद गर्ने बताउनुभयो

संविधान कार्यान्वय, निर्वाचन, समृद्धि र स्वाभिवान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची महाकाली अभियान भन्ने नाराका साथ सुरु भएको अभियान उद्घाटनमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेता, उपाध्यक्ष वामदेव गौतम, भीम रावल लगायत नेताहरुको सहभागिता रहेको थियो । १५ दिने मेची महाकाली अभियान आगामी चैत ५ गते महेन्द्रनगरमा पुगेर समापन हुने एमालेले जनाएको छ । अभियानका क्रममा विभिन्न जिल्लाहरुमा आयोजना हुने सभालाई एमाले नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);