विराटनगर । मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन् । शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार झापा जिल्ला कारागारका उनीहरूमा क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो। क्षयरोग लागेपछि हेमरम गत असार १३ गते र गुरुङलाई भदौ ७ गते झापाबाट विराटनगर अस्पताल लगिएको थियो। दुवैको खोजी भईरहेको छ ।
बिराटनगरमा उपचारका ल्याईएका दुई कैदी फरार
ताजा समाचार
सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो
१२ घन्टा अघि
पाथीभरा केबलकार स्टेशन शिलान्यासका क्रममा झडप
१२ घन्टा अघि