अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने !  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने ! 

गोरखा। गोरखा क्षेत्र नम्बर २  मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई पार्टीमा प्रवेश गराएका थिए ।  त्यस अघि मियाँ काठमाडौँ ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसकेका थिए । उनलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उनको ब्यबस्थापनका बिषयमा छलफल भएको थियो ।

उनलाई  काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने ? भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो । गोरखा २ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरुले केन्द्रीय कमिटीमा लबिङ पनि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);