क्वीन्सल्याण्डमा विश्वकै ठूलो पम्प गरिएको जलविद्युत् परियोजना | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

क्वीन्सल्याण्डमा विश्वकै ठूलो पम्प गरिएको जलविद्युत् परियोजना

सिड्नी।अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ । योजनाको बुधबार सरकारले अनावरण गरेको छ । सन् २०३५ सम्ममा डेलिभर गर्ने वाचा गरिएको यो परियोजनामा २४ घण्टा भण्डारण गर्न सकिने पाँच गिगावाट युनिट पावर हुनेछ, जुन अस्ट्रेलियाको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत् परियोजना स्नोवी २.० भन्दा दोब्बर हो । ‘यो विश्वको अग्रणी हो’, क्वीन्सल्याण्डका प्रिमियर अन्नास्तासिया पलास्ज्कले पत्रकारहरूलाई भने, ‘हामीलाई थाहा छ कि क्वीन्सल्याण्डवासीहरूले जलवायु परिवर्तन बुझ्छन् । सरकारले हामीले कस्तो कदम चाल्न आवश्यक छ भनेर बुझेको छ । ’ क्वीन्सल्याण्ड लामो समयदेखि अष्ट्रेलियाको जीवाश्म इन्धनको केन्द्रमा रहेको छ । सन् २०१९÷०२० मा खानीले राज्यको अर्थतन्त्रमा ४० अर्ब अस्ट्रेलियन डलर योगदान दिएको थियो ।

क्लाइमेट काउन्सिलका प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले क्वीन्सल्याण्डको संक्रमण योजना अहिले अष्ट्रेलियामा सबैभन्दा महत्वाकांक्षी भएको उल्लेख गरिन्।

Leave a Reply

ताजा समाचार