इराकको मोसुलमा रसायनीक आक्रमण, आइएसको संलग्नता रहेको आशंका  | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

इराकको मोसुलमा रसायनीक आक्रमण, आइएसको संलग्नता रहेको आशंका 

इराकको मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको पुष्टि, घटना आइएसले गराएको हुनसक्ने अनुमान

इराकको मोसुलमा रसायनीक आक्रमण

काठमाडौं । इराकको मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ ।

१२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तराष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको बिबिसीले जनाएको छ ।

आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ । आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्ने बारेमा पत्ता नलागेपनि घाइते सबैको उपचार रसायनिक हमलाको पीडितको रुपमा भैरहेको छ ।

अन्तर्राष्ट्रिय कानुनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । विद्रोही संगठन आइएसले आक्रमण गरेको अनुमान गरिएपनि यसको जिम्मेवारी कसैले लिएको छैन ।

 

Leave a Reply