कटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर

मुम्बई। बलिउड अभिनेत्री कटरीना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् । उनको डेब्यू फिल्म ‘बुम’ बक्सअफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवीर कपूर हुँदै सिद्धान्त चतुर्वेद, इशान खट्टरसम्मको पुस्तासँग सहकार्य गरिसकेकी छन् । कटरीना बलिउडको २० वर्षे यात्रालाई अब पुस्तकमा रुपान्तरण गर्दैछिन् । उनले सुरुवातीदेखि अहिलेसम्मको अवस्थालाई पुस्तकमा प्रस्तुत गर्नेछिन् । तर रोचक कुरा के छ भने अभिनेताद्वय सलमान खान र रणवीर कपूर उनको पुस्तकमा सूचीकृत हुने छैनन् । यी दुवै अभिनेतासँग कटरीनाले फिल्मी अभिनय मात्र गरिनन्, दुवैजनासँग अलग अलग समय लामो प्रेम पनि गरिन् ।

धेरैले कटरीनाले आफ्नो पुस्तकमा सलमान र रणवीरलाई समेटेर उनीहरुबीचको सम्बन्धलाई उजागर गरुन् भन्ने फ्यानहरुले चाहेका छन् । तर कटरीनाले भने यी दुई अभिनेतालाई पुस्तकमा समेट्न चाहेकी छैनन् । किन चाहिनन् भन्ने कुरा उनले खुलाएकी छैनन् ।

करियरको कुरा गर्दा कटरीनाका दुई ठूला फिल्म दर्शकमाझ आउने तयारीमा छ । उनी विजय सेतुपतिका साथ ‘मेरी क्रिसमस’ र सलमानका साथ ‘टाइगर ३’मा देखिँदैछिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);