काठमाडौँ-४ : बाम गठबन्धनलाई पराजित गर्दै कांग्रेसका गगन थापा विजयी | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

काठमाडौँ-४ : बाम गठबन्धनलाई पराजित गर्दै कांग्रेसका गगन थापा विजयी

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन्। केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन्।

थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन्। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए। यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० पाइन्।

ताजा समाचार