राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन : नरायणकाजी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन : नरायणकाजी

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम भएको दावी गरेका छन् ।

उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक बारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘म स्वयंले पनि राष्ट्रियसभाको बैठक र सार्वजनिक रुपमा विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ । हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो। हाम्रा विचारहरू राष्ट्रपति ज्यूले सरोकर देखाउनु भएका कतिपय विचारसंग पनि मेल खान्छन् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);