रामेछापमा प्रतिनिधि र प्रदेश दुवैमा वामको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रामेछाप, २२ मंसिर। वाम गठबन्धनले रामेछापमा पनि आफ्नो अग्रता कायम नै राखेको छ। कांग्रेसका उम्मेदवार भने फराकिलो मतमा  पच्छ्याइरहेका छन्। रामेछापमा प्रतिनिधिसभा तर्फ माओवादीका श्याम श्रेष्ठले ७६६४ मत आफ्नो पक्षमा पार्न सफल भएका छन् भने कांग्रेसका पूर्ण तामाङले जम्मा ५६३० मत ल्याएका छन्।

यता रामेछापको प्रदेश सभा (क) तर्फ एमालेका शान्ति पौडेलले ४२९३मत प्राप्त गरेका छन् भने कांग्रेसका रत्न कार्कीले जम्मा ३३४३ मत ल्याएका छन्।

रामेछाप प्रदेश सभा (ख) तर्फ पनि वाम कै अग्रता कायम रहेको छ। प्रदेश (ख) तर्फ एमालेका कैलाश ढुङेलले ५३४७ मत प्राप्त गरेका छन् भने कांग्रेसका जित बहादुर मगर २३८१ मतले वामलाई पच्छ्याइरहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);