अर्घाखाँची, २२ मंसिर। अर्घाखाँचीमा मतगणना कार्य तत्कालका लागि रोकिएको स्थानिय संवाददाताले जानकारी दिएका छन्। बिहिबार भएको मतदानका क्रममा मतपेटीका तोडफोड भएपछि मतदान स्थगित भएको थियो।
जिल्लाको मथुरा आधारभूत विद्यालयको मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र दिएपछि विवादका कारण मतपेटीका तोडफोड भएको थियो ।
निर्वाचन आयोगले मतदानको मिती नतोकेको कारण मतदान पुनः सञ्चालन हुन सकेको छैन। स्थगित ठाउँमा मतदान भएपछि मात्रै मतगणना गर्ने आयोगले बताएको छ।