दोलखामा वाम गठबन्धन कांग्रेसभन्दा दोब्बर बढी मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

दोलखामा वाम गठबन्धन कांग्रेसभन्दा दोब्बर बढी मतले अगाडि

UML-congress

दोलखा, २२ मंसिर। दोलखामा वाम गठबन्धन कांग्रेसभन्दा फराकिलो मतान्तरले अगाडि रहेका छ। यहाँ प्रतिनिधिसभा तर्फ वाम गठबन्धनको साझा उम्मेदवार एमालेका पार्बत गुरुङ कांग्रेसका उम्मेदवार रुद्र खड्का भन्दा ६ हजार ७ सय १२ मतले अगाडि रहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार एमालेका पार्बत गुरुङले १०,८९१मत प्राप्त गरेका छन् भने कांग्रेसका रुद्र खड्काले जम्मा ४,१७९ मत प्राप्त गरेका छन्।

यता प्रदेश सभा तर्फ पनि वामले अग्रता कायम नै राखेको छ। दोलखा प्रदेश (क) मा माओवादीका विशाल खड्काले ९,९२१ मत प्राप्त गरका छन्् भने कांग्रेसका बर्मा लामाले ३,४०४ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रदेश नं २ खमा एमालेका पशुपति चौलागाईले ५,७१८ प्राप्त गरेका छन् भने कांग्रेसका केशब चौलागाइले २,७८५ मत प्राप्त गरेका छन्।