सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको १३ हजार ७१५ कित्ता संस्थापक सेयर किन्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो।

Leave a Reply

ताजा समाचार