काठमाडौं। सिद्धार्थ बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि यो बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहले धमाधम यसलाई निःशुल्क गर्न थालेका हुन् ।
सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने
ताजा समाचार
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
८ मिनेट अघि
साउन १५ : देशभर खीर खाएर मनाइँदै
१० मिनेट अघि
नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु
१९ घन्टा अघि




