गोर्बाचोभको अन्तेष्टिमा रुसका लागि अमेरिकी राजदूत सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गोर्बाचोभको अन्तेष्टिमा रुसका लागि अमेरिकी राजदूत सहभागी हुने

किभ। रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन् । शनिबार मस्कोमा हुने अन्तेष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।  रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदन व्यक्त गरेका छन् । स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन् ।

सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोर्बाचोभको अन्त्यष्टिनमा सहभागी नहुने विवरण सार्वजनिक भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);