नारायणगढ मुग्लिन सडक खण्ड फेरि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

नारायणगढ मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

चितवन । पहिरो खसेर नारायणगढ(मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ।

सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको हो। रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउन रोडर पुगेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले बताए। यस वर्ष भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको हो।

बिहीबार बिहान केराबारीमा खसेको पहिरो साढे ८ घण्टामा पन्छाएर सडक सुचारु गरिएको थियो।

 

Leave a Reply