विष्फोटका घटना बढेपछि सतर्कता अपनाउन गृहको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

विष्फोटका घटना बढेपछि सतर्कता अपनाउन गृहको आग्रह

काठमाडौंबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ५ सय ५० जना पक्राउ –

काठमाडौं, १९ मंसिर । सरकारले निर्वाचन विरोधी समूहले विभिन्न ठाउँमा बम विस्फोटका घटना बढाएको भन्दै सचेत रहन आग्रह गरेको छ।

गृह मन्त्रालयले मंगलबार सूचना निकालेर उम्मेदवारलाई लक्षित गरि बम विस्फोटका घटना बढेकाले टोल–छिमेकमा नचिनको व्यक्ति आए वा शंकास्पद वस्तु देखिए प्रहरीलाई खबर गर्न आग्रह गरेको हो ।

काठमाडौमा नै बम विस्फोट हुन थालेपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ । यसैबीच, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट करिब पाँच सय पचास जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

मंसिरमा मात्रै निर्वाचन विरोधी गतिविधि गर्ने र शंकास्पद गतिविधिमा संलग्न १ हजार ७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धानपछि छोडिएको प्रहरीले जनाएको छ ।

चुनावी माहोल सुरु भएसँगै ठाउँ–ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले शंकास्पद गतिविधि गर्नेमाथि निगरानी बढाएको छ ।।