निर्वाचन विरोधी गतिविधिमा संलग्न सय बढी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

काठमाडौं, २ मंसिर । निर्वाचन विरोधी गतिविधिमा संलग्न सय जना भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । पक्राउ पर्नेमा अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको उनले बताए ।

पछिल्लो समय निर्वाचन विरोधी समूहले रोल्पामा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा (माओवादी केन्द्र)का रोल्पा प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुन, प्रदेशसभा उम्मेदवार कुलप्रसाद केसी, भोजपुरमा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राई, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ, नुवाकोटमा काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा. रामशरण महत र तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका उम्मेदवामाथि बम आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार