पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो

काठमाडौं। प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ। निर्माण पक्षले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘राधा’ १० भदौदेखि प्रदर्शनमा आएको थियो । तर, सिनेमा हलहरूले राधालाई प्राइम टाइम र पर्याप्त शो नपाएको निर्माण पक्षको गुनासो छ । बेपत्ता श्रीमानको कथामा बनेको चलचित्रको निर्देशक सुवर्ण थापा हुन् । सिनेमामा सृष्टिका अलवा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको अभिनय रहेको छ।

सिनेमामा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले अभिनेता सौगात मल्लसँग सहकार्य गरेर सिनेमाको निर्माण गरेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);