स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकिंदा कपिलवस्तुका क्याम्पसमा चहलपहल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८२, आइतबार

स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकिंदा कपिलवस्तुका क्याम्पसमा चहलपहल

शम्भू माली
कपिलबस्तु फागुन १७
आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन मिति नजिकिंदै जाँदा कपिलवस्तुका क्याम्पसमा पनि विद्यार्थिको चहलपहल बढेको छ । राजनितिक दलका लागी मिनि निर्वाचन हिसावले हेरिएको स्ववियु निर्वाचन झन्डै ८ बर्षपछि हुने भएपछि कपिलवस्तुका क्याम्पसमा विद्यार्थिको चहलपहल बढेको हो । अगीपछि विद्यार्थि

स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकिंदा कपिलवस्तुका क्याम्पसमा चहलपहल

शम्भू माली
कपिलबस्तु फागुन १७
आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन मिति नजिकिंदै जाँदा कपिलवस्तुका क्याम्पसमा पनि विद्यार्थिको चहलपहल बढेको छ । राजनितिक दलका लागी मिनि निर्वाचन हिसावले हेरिएको स्ववियु निर्वाचन झन्डै ८ बर्षपछि हुने भएपछि कपिलवस्तुका क्याम्पसमा विद्यार्थिको चहलपहल बढेको हो । अगीपछि विद्यार्थि माँझ कम उपस्थीती जनाउने कतिपय विद्यार्थि संगठनका केन्द्रदेखी जिल्ला तहका नेतापनि क्याम्पसमा विहानैदेखी पुगेर बेलुकासम्म विद्यार्थि माँझ सकृय हुन थालेपछि चुनावको सरगर्मी कपिलवस्तुका क्याम्पसहरुमा पनि एकाएक बढेको छ ।

कुल  ८ बटा क्याम्पस रहेको कपिलवस्तुमा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थि युनियन, नेपाल विद्यार्थि संघ, अनेरास्ववियु क्रान्तिकारी, अखिल नेपाल राष्टिय विद्यार्थि युनियन छैठौ, नयाँ शक्ति विद्यार्थि युनियन, राप्रविस दल लगायतका विद्यार्थि संगठनले आआपना उम्मेदरवार खडा गरेका छन् । विद्यार्थि संगठनका नेताहरुले विद्यार्थिहरुको शैक्षिक आन्दोलनको अगुवा आपनो संगठन आफुहरु भएकाले आम विद्यार्थिको हक हितका लागी आपनो संगठन लागेको दावी गदैं जित सुनिश्चित भएको बताउँछन् ।

सिद्धार्थ क्याम्पस बुङची, बाणगंगा बहुमुखी क्याम्पस लौगाइ, गौत्तम बुद्ध बहुमुखी क्याम्पस गोरुसिंगे, बुद्धभुमि क्याम्पस बरकलपुर, आर्दश बहुमुखी क्याम्पस शिवपुर, कपिलवस्तु बहुमुखी क्याम्पस तौलीहवा, फलारीबावा बहुमुखी क्याम्पस महाराजगंन्ज, समयस्थान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा गरी  २५ सय बढि मतदाता छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);