हङ्कङका निजी अस्पतालमाथि अनुसन्धान सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

हङ्कङका निजी अस्पतालमाथि अनुसन्धान सुरु

हङ्कङ। सरकारी अस्पतालबाट स्थानान्तरण गरिएका गैर कोभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गरेपछि हङ्कङका निजी अस्पतालहरूमाथि अनुसन्धान सुरु भएको छ । निजी अस्पतालले यस्तै रबैया देखाए उनीहरूमाथि अधिकारीहरूले कारबाही गर्ने प्राप्त विवरणहरूमा जनाइएको छ । ‘ निजी अस्पतालहरूले सहयोग नगरे सरकारले ‘जग्गा अनुदान’ सम्बन्धी कडा सर्तहरू लगाउन सक्ने र यो अन्तिम उपायहरू मध्ये एक मानिएको’ स्वास्थ्यमन्त्री लो चुङ–माउले बताए । सरकारी अस्पतालबाट रिफर गरिएका १० विरामीमध्ये करिब २० देखि ३० जनालाई मात्र निजी अस्पतालमा भर्ना गरिएको छ । सरकारी अस्पतालका बिरामीका लागि १३ वटा निजी अस्पतालले ३६४ शैया छुट्ट्याउने वाचा गरे पनि पाँचवटा मात्रै ६० प्रतिशत लक्ष्य पूरा गरेका छन् ।

सरकारले केही गैर कोभिड बिरामीहरूको स्थानान्तरणमा लगभग ५१० डलर अनुदान दिँदै गर्दा निजी अस्पतालहरूको अनिच्छाले उनीहरूको नियतिमाथि प्रश्न खडा गरेको छ ।

Leave a Reply

ताजा समाचार