भदौं २० भित्र समानुपातिकको नाम सिफारिस गर्न मातहतका कार्यसमितिलाइ कांग्रेसको डेडलाइन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भदौं २० भित्र समानुपातिकको नाम सिफारिस गर्न मातहतका कार्यसमितिलाइ कांग्रेसको डेडलाइन

काठमाडौं । नेपाली कांग्रेसले आगामि भदौ २० गते भित्र आफ्नो राय समावेश गरी प्रदेश समितिले केन्द्रमा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुको नाम सिफारी गर्न मापदण्ड सहित मातहतका कार्यसमितिलाइ निर्देशन गरेको छ । महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भनिएको छ ।

सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ भित्र जिल्ला कार्य समितिबाट प्रदेश कार्य समितिमा पठाउनुपर्ने भनिएको छ । एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेद वारको नाम कार्य समितिमा पठाउन भनिएको छ । प्रदेश कार्य समितिले भदौ २० गतेभित्र आफ्नो राय समेत समावेश गरी केन्द्रमा पठाउनुपर्नेछ । कांग्रेसले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट निर्वाचित भएका व्यक्तिको नाम सोही कोटामा सिफारिस गर्न नपाइने भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);