इस्लामाबाद। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक सिख महिलालाई मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको मुद्दामा पुलिसले निस्किृयता देखाएको भन्दै अल्पसंख्यक सिख समुदायका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले मुख्य बुनेर सडक घण्टौंसम्म अवरुद्ध गरेका थिए । शिख समुदायका सदस्यहरूले आफ्नो भाषणमा स्थानीय पुलिसले उनीहरूलाई सहयोग नगरेको गुनासो गरे । उनीहरूले जीवन र सम्पत्तिको सुरक्षाको माग गरे ।
२५ वर्षीया सिख महिला मीना कुमारीलाई पहिले भाग्न बाध्य पारेर मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको उनीहरूले बताए । यद्यपि, कुमारीले स्थानीय प्रहरीसमक्ष आफ्नो बयानमा आफू दबाबमा नपरेको र स्वेच्छाले मुस्लिम पुरुषसँग भागेको बताइन् ।