विवादमा उत्रिएका प्रशिक्षक टुचेल र कोन्टेलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

विवादमा उत्रिएका प्रशिक्षक टुचेल र कोन्टेलाई कारबाही

काठमाडौं। लन्डन डर्बी खेलमा विवादमा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेलमाथि एफएले एक खेलको प्रतिबन्ध लगाएको छ भने टोटनहमका प्रशिक्षक कोन्टेमाथि जरिवाना तोकेको छ। आइतबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा जितको संघारमा पुगेर पनि अंक बाँड्नु पर्दा टुचेल निराश बनेका थिए । खेल लगत्तै टुचेल र कोन्टेबीच विवाद भएको थियो । दुवै एक अर्कोप्रति आक्रामक देखिएका थिए । दुवै प्रशिक्षकलाई रेफ्री एनथोनी टेलरले रातो कार्डको दर्शन गराएका थिए । सो घटनाको अध्ययनपछि एफएले टुचेलमाथि एक खेल र ३५ हजार पाउन्ड तथा कोन्टेमाथि १५ हजार पाउन्डको जरिवाना तोकेको हो।

टुचेलको प्रतिबन्ध तत्काल भने लागु हुनेछैन । उनले एफएको निर्णयविरुद्ध अपिल गर्न पाउने भएकाले त्यसपछि आउने लिखित निर्णयपछि मात्र  प्रतिबन्ध लागु हुनेछ । चेल्सीले आइतबार लिड्सको भ्रमण गर्दा टोटनहमले उल्भ्सको सामना गर्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);