विवादमा तानिन ज्याकलिन फर्नान्डिज | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

विवादमा तानिन ज्याकलिन फर्नान्डिज

मुम्बई ।अभिनेत्री ज्याकलिन फर्नान्डिज केही समययता विवादमा तानिएकी छन् । खासगरी सुकेश चन्द्रशेखरको मनी लन्ड्रिङमा अभिनेत्रीको नाम जोडिएपछि उनीविरुद्ध प्रवर्तन निर्देशनालय इडी ले उनलाई आरोपी बनाउँदै चार्जसिट दर्ता गर्ने अन्तिम तयारीमा छ । यही मेसोमा ज्याकलिनलाई बलिउडले नै बहिस्कार गर्ने आन्तरिक तयारी सुरु गरेको छ ।

ज्याकलिनसँग काम गरिसकेका निर्माताहरू अहिले उनीबाट विस्तारै टाढिँदै गएका छन् । ‘इडीले उनलाई आरोपी बनाएपछि उनले काम पनि विस्तारै गुमाउँदै गएकी छन् । ‘विक्रान्त रोना’ र ‘बच्चन पाण्डे’ उनको पुरानो प्रोजेक्ट हो । विवादमा मुछिएको र उनको मुद्दाको छिनोफानो नहुञ्जेलसम्म कोही पनि नयाँ निर्माता उनीसँग काम गर्ने सोचमा छैनन्’, एक निर्माताले भनेका छन् ।

आरोपीका रूपमा चार्जसिट दर्ता हुने भएपछि उनको पक्राउको सम्भावना पनि उत्तिकै बढेको छ । ती निर्माताका अनुसार अहिलेको अवस्था हेर्दा ज्याकलिन पुरानै अवस्थामा फर्कने सम्भावना अत्यन्त कम छ ।

 

 

Leave a Reply