सकियो स्काई ग्रुपको विजनेश प्रोमोशन प्रोग्राम | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सकियो स्काई ग्रुपको विजनेश प्रोमोशन प्रोग्राम

काठमाडौं। व्यापारीहरुवीच एक अर्काको व्यापारव्यवसाय प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ स्थापित स्काई होल्डिङ विजनेश ग्रुपको आयोजनामा राजधानीमा विजनेश प्रोमोसन प्रोग्राम (व्यापार प्रबद्र्धन कार्यक्रम) सम्पन्न भएको छ ।

समृद्धि र विकासका लागि व्यवसायिक एकता : देश विकासका लागि अत्यन्तै अपरिहार्यता भन्ने नाराका साथ स्थापित स्काई ग्रुपले यो पटक दुई वटा व्यवसायीहरुको व्यापार प्रबद्र्धनको कार्यक्रम गरेको हो । हाम्रो साथ ः हाम्रो विकास भन्ने उदघोषका साथ यो पटक सर्वाेतम स्टिल र सिमेन्ट तथा कर्मा रेजिडेन्सको विजनेश प्रोमोशन गरिएको छ । कार्यक्रमको क्रममा दुई वटै संस्थाबाट सहभागीहरुसमक्ष प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले दुवै विजनेश कम्पनीका प्रतिनिधिहरुलाई मायाको चिनो वितरण गरेका थिए । त्यस अवसरमा उपाध्यक्ष श्रेष्ठले व्यापारीवयवसायीहरुले एक अर्काेका व्यापारव्यवसायको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ग्रुप स्थापना भएको बताए । ग्रुपका एकजना शेयर होल्डरसमेत रहेका उनले एक अर्काको व्यवसाय प्रबद्र्धन गर्नु नै ग्रुपको मुख्य उद्देशय रहेको बताए ।  कार्यक्रममा ग्रुपका अध्यक्ष केपी अवलले ग्रुपमा सहभागी प्रत्येकले प्रति व्यक्ति पाँंचपाँंच लाख रकम शेरयको रुपमा राखेको जानकारी गराए । ग्रुपमा देशभरि छरिएर रहको विभिन्न क्षेत्रका डाक्टर, इन्जिनियर, व्यापारीव्यवसायी, प्राविधिक, टेक्निसियललगायतका हरेक क्षेत्रका व्यक्तिहरु ग्रुपमा शेयर सदस्यका रुपमा रहेको जानकारी दिए । ग्रुपमा एक सय जनासम्म सहभागी गराइने योजना रहेको उनले जनाए । विभिन्न क्षेत्रका व्यक्तिहरुबाट आआफनो क्षेत्रको आइडिया लिएर संयुक्त रुपमा कार्यक्रम बनाई अगाडि वढने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा ग्रुपका सल्लाहकार युवकराज राजभण्डारी, मानेजिंग डाइरेक्टर शिवप्रसाद मानन्धर, प्रमुख कार्यकारी अधिकृत उमेश बराललगायतले एकका लागि सवै भन्ने अवधारणाका साथ ग्रुपको गठन गरिएको जनाए । आगामी दिनमा यो ग्रुपलाई सरकारमा दर्ता गरी अगाडि वढाउने कार्यक्रममा बताइयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);