इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ।सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् ।

खानका सल्लाहकार गिलले एउटा टेलिभिजनमा व्यक्त गरेको भनाईलाई लिएर उनीमाथि मुद्दा चलाउन लागिएको बताइएका छ। सेनामा विद्रोहलाई उक्साएको अभियोगमा गिलमाथि देशद्रोहको मुद्दा लाग्ने गृहमन्त्री सनाउल्लाहलले बताए । ‘हामीले यसको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छौं’ उनले इस्लामाबादमा बुधबार पत्रकारहरूलाई भने, ‘यो हाम्रा संस्थाहरूलाई बदनाम गर्ने योजनाबद्ध कदम हो।

Leave a Reply

ताजा समाचार