आठराई गाउँपालिकामा युवा लक्षित कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आठराई गाउँपालिकामा युवा लक्षित कार्यक्रम

तेह्रथुम। तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई अघि सारेको छ । रोजगारको खोजीमा भौतारि रहेका युवा तथा लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवालाई व्यवसायिक बनाउन युवा लक्षित कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७९-८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ। युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेको युवालाई लगानी नै गर्ने गरी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । गाउँपालिकामा रहेको युवाहरुलाई बिनाधितो बिना ब्याज व्यावसायिक लगानी गने नीति ल्याएको छ ।  ‍अध्यक्ष पाहिमका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ।

‘व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छौं,’ उनले भने ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);