पाेखराकाे प्याराग्लाइडिङ जोगाउने प्रयास हुन्छः मन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पाेखराकाे प्याराग्लाइडिङ जोगाउने प्रयास हुन्छः मन्त्री श्रेष्ठ

पोखरा। पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको खवरले सबैभन्दा चिन्ता यहाँका प्याराग्लाइडिङ ब्यवसायीलाई छ। विदेशबाट जहान ल्यान्ड हुनुअघि प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुने भयले उनीहरू दैनिकजसो डेलिगेसन गैरहन्छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सकेसम्म प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुन नदिने बताए । पोखरामा पत्रकारहरूले प्याराग्लाइडिङ ब्यवसायको भविष्यबारे प्रश्न गरेपछि उनले भने, ‘ब्यवसायीसँग कुरा भएको छ। यो पोखराको ब्रान्डिङ हो, संरक्षण गर्नुपर्‍यो भनेर माग गर्नुभएको छ । सुरक्षामा असर नपर्ने भए जोगाएर जानुपर्छ, प्राविधिकसँग छलफल गर्छौं ।’पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी दर्ता छन् । जसमा तीन सय ७५ नेपाली पाइलट कार्यरत छन् । प्याराग्लाइडिङ पोखराको ब्राण्ड पनि हो । श्रेष्ठले निर्माणाधीन विमानस्थल १ जनवरीदेखि सन्चालनमा ल्याइने बताए । प्राधिकरणले यसअघि नै अन्तर्राष्ट्रिय उडानबारे निर्णय गरेको छ । तर आन्तरिक तयारी भने भएको छैन । पोखरा महानगरको ल्यान्डफिल साइट सार्नुपर्नेदेखि पूर्वतर्फको रिठ्ठेपानी डाँडा ४० मिटर काट्नुपर्ने अनिवार्य सर्त छ । विमानस्थलमा सुरक्षा युनिट र इन्धन डीपो बनाएको छैन । उडान मिति तोकेपछि मात्रै अन्तर्राष्ट्रिय जहाज कम्पनी र उडान रुटबारे छलफल हुने श्रेष्ठ बताउँछन् । ‘९८ प्रतिशत काम सकिएको जानकारी पाएका छौं । १ जनवरीबाट उडान हुन्छ । अब सरकारले जहाज कम्पनी र फ्लाइट रुटबारे छलफल अघि बढाउँछ,’ उनले भने । कोरोनाका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै उनले यो एयरपोर्ट चलेपछि उत्साह आउने बताए ।

‘२०२३ देखि २०३३ लाई भ्रमण दशक भनेर घोषणा गरेका छौं । योसँगै पर्यटन क्षेत्रको नीति निर्माण र पूर्वाधार बनाउने काममा जोड दिएका छौं,’ उनले थपे, ‘नेपाललाई विश्वको पर्यटकको गन्तब्यस्थल बनाउन कार्ययोजना बनाएका छौं । यो एयरपोर्टले गण्डकी प्रदेशको समग्र विकासमा टेवा पुग्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);