म्यानचेस्टरद्धारा आर्सनल पराजित | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

एजेन्सी, १७ मंसिर। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-१ ले पराजित गरेको छ।

युनाइटेडले खेलको सुरुवाती केहि मिनेटमै २-० को अग्रता लिएको थियो। डिफेन्डर एन्टोनियो भ्यालेन्सियाले पहिलो गोल गरे भने दोस्रो गोल जेसे लिन्गार्डले गरेका थिए ।

दोस्रो हाफको ४८ औं मिनेटमा आर्सनलका एलेक्जान्डर लाकाजेटले एक गोल फर्काएका थिए। खेलको ६३ औं मिनेटमा लिन्गार्डले पुन गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

७६ औं मिनेटमा मिडफिल्डर पल पोग्बा रातो कार्ड खाँदै मैदान छोडेका थिए । यस जितसँगै युनाइटेड तालिकाको दोस्रो स्थानमा यथावत् छ भने आर्सनल एक स्थान तल खस्दै पाँचौंमा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);