अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट

वासिंगटन। अल कायदा प्रमुख अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकाले विश्वभर अलर्ट जारी गरेको छ। जवाहिरीको मृत्युपछि अमेरिकी नागरिक र ‘फेसिलिटी’मा हमला गर्न सक्ने भन्दै विदेश मन्त्रालयले यस्तो अलर्ट जारी गरेको हो ।

अल–जवाहिरीको मृत्युपछि अल–कायदा वा यससँग सम्बद्ध आतंकवादी संगठनका समर्थकहरूले अमेरिकी सुविधा, कर्मचारी वा नागरिकहरूमाथि आक्रमण गर्न सक्छन् । आतंकवादी हमलाहरू प्रायः चेतावनी बिना नै हुने भएकोले अमेरिकी नागरिकहरूलाई उच्च स्तरको सतर्कता कायम राख्न र विदेश यात्रा गर्दा राम्रो अभ्यास गर्न प्रोत्साहन गरिन्छ’ चेतावनीमा भनिएको छ । जवाहिरीे अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए  । इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिकामा सेप्टेम्बर ११को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो । सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

Leave a Reply