एक वर्षमा नेपालमा एक अर्ब ३४ करोडभन्दा बढीको सिफुड भित्रियो  | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०७९, शुक्रबार

एक वर्षमा नेपालमा एक अर्ब ३४ करोडभन्दा बढीको सिफुड भित्रियो 

काठमाडौं ।  नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सिफुड नेपाल भित्रिएको हो ।

सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा सिफुड भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, ब्रुनाई, चीन, नर्वे, मलेसिया, सिंगापुर, क्यानडा, कतार लगायतका देशबाट आउने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको सिफुड आयात गरेको थियो ।

Leave a Reply