अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेष्टर युनाइटेडमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेष्टर युनाइटेडमा

काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ।

प्रशिक्षक टेन हाङले ओल्ड ट्राफोर्डमा अर्जेन्टिनी रक्षक मार्टिनेजलाई  सन् २०२७ सम्मका लागि ५६.७ मिलियन पाउन्डमा अनुबन्धित गरेका हुन् । २४ वर्षीय रक्षकलाई इंग्लिस अर्काे क्लब आर्सनलले पनि चासो देखाएको थियो । सन् २०१९ मा अर्जेन्टिनी क्लब आयाक्स झरेपछि मार्टिनेजले १२० खेल खेलेका छन् । सन् २०१९ मा अर्जेन्टिना राष्ट्रिय टिममा डेब्यु गरेका मार्टिनेजले सात खेल खेलेका छन् । सन् २०२१ मा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा मार्टिनेज टोलीका महत्वपूर्ण सदस्य थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);