गुडिरहेको बस ट्याक्सीमाथि पल्टिदाँ, तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

गुडिरहेको बस ट्याक्सीमाथि पल्टिदाँ, तीन जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिदाँ तीन जना घाइते भएका छन् । सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३ ख ४४४० नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टीएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर माछा बोकेको डिआइ गाडिलाई ठक्कर दिएर ट्क्यासी माथि पल्टिएको प्रहरीले जनाएको छ । बस ट्क्सीमाथि पल्टिए संगै बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पनि पल्टिएको थियो । दुर्घटनामा एक जना यात्रुसहित तीन जना घाइते छन् । उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। टुर्घटनामा परि घाईते हुनेहरुमा ट्याक्सी चालक हेटौंडाका २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । बस महालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय माइकल भन्ने नकलबहादुर महर्जनले चलाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);