घट्यो सुनचाँदीको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। सुनचाँदीकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो।

साेमबार प्रतिताेला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । साेमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो।

यसैगरी, म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा काराेबार भएकाे थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);