भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेस सूर्यविनायकको चेतावनी  | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेस सूर्यविनायकको चेतावनी 

भक्तपुर। नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ।

केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । साे समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दाबी गरेको हो। कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलले प्रेस विज्ञप्ति जारी गर्दै एमाले प्रवेश गरेका भनिएका राजेन्द्र त्वातीलाई पार्टीले कारवाही गरी साधारण सदस्यबाटसमेत निस्कासन गरिसकेको जानकारी दिए । ‘त्वातीले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले पार्टीले तत्कालै साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

पार्टीले कारवाही गरिसकेका नेता कार्यकर्तालाई कांग्रेसकै नेता कार्यकर्ता जस्तो गरी प्रचार गरिएको समाचारप्रति कांग्रेसले आपत्तिसमेत जनाएको छ। पार्टीले कारबाही गरिसकेका जोकोहीलाई स्वतन्त्र बस्ने वा अन्य दलमा जाने छुट भएको जनाउँदै विज्ञप्तिमा भ्रमको राजनीति नगर्न एमालेलाई चेतावनीसमेत दिएको छ।

Leave a Reply

ताजा समाचार