सभापति देउवाको स्टाटसले नेता-कार्यकर्ता अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सभापति देउवाको स्टाटसले नेता-कार्यकर्ता अलमलमा

serbahadur

काठमाडौं, २८ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन ।

पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको फेसबुक स्टाटस हेरेर मात्र पार्टी स्थापनाको मिति थाहा पाएको अन्नपूर्णसँग बताए । उनले भने, ‘पार्टीले कुनै औपचारिक कार्यक्रम गर्ने भए पो थाहा हुन्छ । पार्टीले नै वास्ता नगरेपछि हामीलाई पनि के चासो ।’

बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो । उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन् । २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो । तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ ।

कांग्रेस मंगलबार ६८ वर्ष पूरा गरी ७९ औं वर्षमा प्रवेश गरेको छ । देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले सुरुका दिनमा स्थापना दिवस मनाए पनि पछिल्ला दिनमा भने दिवस मनाउनुको औचित्य नै देख्न छाडेको छ ।

कम्युनिस्ट पार्टीले भने प्रत्येक वर्ष पार्टी स्थापना दिवस मनाउँदै आएका छन् । यसपटक दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले स्थापना दिवसकै दिन पारेर पार्टी एकीकरणको तयारी गरेका छन् । कांग्रेसमा स्थापना दिवस मनाउने प्रचलन विगतदेखि नै नभएका कारण यसतर्फ ध्यान नदिइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए । उनले भने, ‘कतिपय जिल्लामा स्थानीय कार्यसमितिले कार्यक्रम गर्छन्, पार्टीले नै औपचारिक रूपमा स्थापना दिवस मनाउने प्रचलन छैन ।’आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);