एमाले गण्डकी प्रदेशकमिटी सदस्य थकाली कांग्रेस प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

एमाले गण्डकी प्रदेशकमिटी सदस्य थकाली कांग्रेस प्रवेश

मुस्ताङ । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा वन उपभोत्ता महासंघको केन्द्रीय सदस्य जमुना थकाली नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । हिमाली जिल्ला मुस्ताङ घर भएकी थकाली सहित एमालेका करीब दुई दर्जन एमाले नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस मुस्ताङले जनाएको छ ।

जमुना थकाली सहित प्रवेश गर्ने एमाले नेता तथा कार्यकर्तालाई स्वागत गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रोमी गौचन थकालीले कांग्रेसले जिल्लाको समग्र विकासमा टेवा पुर्याउँदै आएको भन्दै कांग्रेसप्रतिको आकर्षणले आगामी दिनमा जिल्लामा पार्टीको प्रभाव थप मजवुत हुने विश्वास व्यक्त गरेका थिए । पार्टी प्रवेश गर्नेहरुको तर्फबाट बोल्दै एमाले नेतृ थकालीले आफु ३० वर्षसम्म एमालेमा आवद्ध रहेको भन्दै पार्टी परिवर्तन गर्नु गाह्रो भएपनि एमालेभित्र देखिएको चरम स्वार्थ र व्यक्ति केन्द्रीत राजनीतिले आफु उक्त ठकाउँमा बस्न नसकेको बताईन् ।

Leave a Reply