काठमाण्डौँ, १५ मंसिर । मिस वर्ल्ड २०१७ की मानुषी छिल्लरले एक परफेक्ट पुरुषको परिभाषा दिएकी छिन् । हालै मात्र मिस वर्ल्डको ताज पहिरिएकी भारतकी मानुषीले एक फरफेक्ट पुरुषमा सेन्स अफ ह्युमर र इन्टेलिजेन्स नै महत्वपूर्ण भएको बताएकी छिन् ।
सुन्तरता सम्बन्धि एक कार्यक्रममा बोल्दै मानुषीले इन्टेलिजेनस पुरुषको अगाडि शारिरीक सुन्दरताको महत्व नहुने पनि बताईन् । ठट्यौली पारामा उनले भनिन् – ‘म आफैँ सुन्दर छु, मेरो अगाडिको मानिसको लुक्सले मलाई केही फरक पर्दैन । ‘
मिस वर्ल्ड मानुषी एमबीबीएस अध्ययनरत छिन् । उनले आफू मुटुको विशेषज्ञ बन्न चाहेको समेत खुलासा गरेकी छिन् । मिस वर्ल्डको ताज लिएर बलिउड जान भन्दा बिरामीको हेरचाह गर्नुमै आफू खुशी हुने बताएकी छिन् ।