'बटरफ्लाई' ट्रेलर : आर्यनको दोहोरो भुमिका (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, १७ मंसिर । ‘के म तिम्रो होइन र’ डेब्यू नायक आर्यन अधिकारी ‘बटरफ्लाई’ मार्फत दर्शकमाझ आउने तयारीमा छन् । आर्यन र प्रियंका कार्की स्टारर सिनेमा बटरफ्लाईको ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक भएको ट्रेलरमा आर्यनलाई दोहोरो भुमिकामा देख्न सकिन्छ । प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएको यो सिनेमाले पौष २८ गतेलाई रिलिज डेट घोषणा गरेको छ ।

‘बटरफ्लाई’को ‘म गाउँदिन अब गीत’ बोलको गीतले हिट लिस्टमा परिसकेको छ । ओमप्रतिक गुरुङले निर्देशन गरेको फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);